वडाको आर्युवेद कार्यालयबाट बिशिष्ट सेवा सुरु स्टिम बाथ र शिरोधार उपचार निःशुल्क भएपछि सेवा लिनेको भीड


माघ २, दैलेख
नारायण नगरपालिका वडा नं. ३ मा रहेका बेलासपुर आर्युवेद औषधालयले बिशिष्ट सेवा सुरु गरेपछि दैलेख जिल्लाभरीका बिरामीहरुको सेवा लिन भीड लागेको छ ।
विगत तीन महिनादेखि नयाँ सेवा सुरुवात गरेसँगै दिनहुँ ४० देखि ५० जना बिरामीहरु सेवन लिन आएका छन् । सर्लाहिका राजिव कुमार भारती वडा कार्यालयमा आए लगत्तै उनले नयाँ प्रवृधिमार्फत सेवा सुरु गरेका छन् । पुरानो ग्याँस्टिक भएकाहरुलाई कुञ्जन क्रिया, पिनासका लागि जल नीति, बाथ सम्बन्धी बिभिन्न समस्या भएकाहरुका लागि स्टिम बाथ सेवा लगायतका बिभिन्न सेवाहरु सुरु गरेपछि जिल्लाका ११ वटै पालिकाका विरामीहरु सेवा लिन आएका छन् ।
आयुर्वेदका माध्यामबाट बिभिन्न दिर्घ रोग भएका व्यक्ति र अन्य समस्या भएका बृद्ध, बृद्धा, महिलाहरुका लागि सेवा प्रभावकारी भएपछि सेवा लिनेहरुको भीड बढेको हो । नारायण नगरपालिका वडा नं. ३ मा रहेको आर्युवेद कार्यालयमा अहिले दैलेखका ११ वटै स्थानीय तहका बिरामीहरुले सेवा लिन आउने गरेको र लामो समयदेखि घुँडा दुखेर हिड्न नमिल्ने अवस्थामा भएपनि विगत चारदिनदेखि वाफ मार्फत घुँडा सेकाउने काम गरेपछि हिड्न सकेको नारायण नगरपालिका वडा नं. २ का इन्द्रबहादुर थापाले बताए ।
अहिले नसा सम्वन्धिका बिभिन्न बिरामीहरु, ढाड दुखेका बिरामीहरुले निःशुल्क सेवा लिदै आएका छन् । काठमाण्डौंमा पुगेर स्टिम बाथ गरेको १५ सय रकम तिर्नुपर्ने तर दैलेखको बेलासपुर आर्युवेदमा निःशुल्क सेवा पाएपछि बिरामीहरुको आर्कषण स्टिम बाथमा बढेको छ ।
कर्मचारी र स्थान अभाव
आयुर्वेद कार्यालयमा दिनहुँ सेवा लिनहरुको भीड बढेसँगै कर्मचारीको अभाव देखिएको छ । बिशेष गरेर महिलाहरु सेवा लिन आउने आर्युवेद औषधालयमा महिला दरवन्दि नभएपछि सेवा समस्या हुँदै आएको छ । आयुर्वेद कार्यालयले दिने सेवाहरु स्थान अभावले साँगुरोमै भएपनि व्यवस्थापन गर्नुपरेको कर्मचारी पशुपती न्यौपानेले बताए । ढाड दुख्ने, नशा सम्वन्धिका बिरामीहरु अन्य बिरामीहरुका लागि पुरुष कर्मचारीहरुले सेवा दिनुपर्ने अवस्था आएकोले सम्वन्धित निकायहरुले तत्काल एकजना महिलाको दरबन्दी कायम गरिदिनुपर्ने बताए ।
जिल्ला आर्युवेदलाई अस्पतालमा गाभ्न नहुने उप्रमुख मल्ल
योग केन्द्रका लागि ५० लाख कर्णाली प्रदेश सरकारले जिल्ला अस्पताल भएकै स्थानमा जिल्ला आयुर्वेदलाई राख्ने भनेर निर्णय भएसँगै दैलेखको गणेशचौकमा रहेको आयुर्वेद औषधालय पनि स्थान सार्ने अवस्थामा पुगेको छ । गणेशचौकमा रहेको औषधालय जिल्ला स्वास्थ्य कार्यालय दैलेखको परिषर भित्रै राख्ने बहस चलेका बेलामा नागरिक समाज, स्थानीयहरुले एकै ठाउँमा राख्दा समस्या हुने भन्दै पुरानै स्थानमा राख्नुपर्ने अडान लिएका छन् ।

नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्रि मल्लले अस्पताल र आर्युवेदलाई एकै स्थानमा राख्न नहुने बताएकी छन् । आयुर्वेदिक सेवा र अस्पतालको सेवा र औषधिको प्रकृतिमा पनि भिन्नता हुने भएकोले एकै स्थानमा भन्दा फरक फरक स्थानबाट सेवा दिनुुपर्ने बताएकी हुन् । नारायण नगरपालिका ३ को आयुर्वेद कार्यालयमा गरिएको योग दिवस तथा पंचकर्म उपचार बिधिवारे जानकारी आदान प्रदान कार्यक्रममा बोल्दै मल्लले अहिले आयुर्वेद कार्यालय जुन स्थानमा छ सोही स्थानमा रहनुपर्ने र थप सेवा प्रवाहलाई जोड दिनुपर्ने बताएकी हुन् ।
योग मानव जीवनको निकै महत्वपूर्ण अंश भएकोले र शरिरभित्रका रोगहरुलाई रोग लाग्न नदिने महत्वपूर्ण बिषय योग र साधना भएकोले दैलेखका अधिकाँस नागरिकहरुको योग प्रतिको रुचिलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकार मार्फत योग शिविरका लागि गणेश चौकमा ५० लाखको भवन निर्माणको तयारी भएको उपप्रमुख मल्लले बताइन ।
मन्दिरमा पुजा गर्नु मात्रै धर्म हैन्, असल कर्म गर्नु धर्म होः कट्टेल
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मन्दिरमा गएर पुजापाठ गर्ने तर अशल कर्म नगर्नुलाई धर्म भन्न नमिल्ने बताएका छन् । धर्म भनेको मन्दिरमा पुगेर पुजापाठ मात्र हैन हरेक मानिसले आफुले पाएको जिम्मेवारी कुशलताका
साथ पूरा गर्नु नै धर्म हो ।
जिम्मेवारीमा रहेका हरेक नागरिकहरुले असल कर्म गर्नुपर्दछ त्यो पनि इमान्दार भएर गर्नुपर्दछ । त्यस्ता व्यक्तिहरुले मन्दिरमा पुगेर धर्म नगरेपनि हुन्छ । असल कर्म र नागरिकहरु प्रति जवाफदेहि भएर निश्वार्थ भावले आफ्नो जिम्मेवारी बहन गर्नु नै सच्चा धर्म मानिन्छ । “कर्मचारी, नेता, पत्रकार, नागरिक समाज, सवैले आ–आफ्ना कर्महरु निश्वार्थ भावले गरौं, समाज परिवर्तन हुन्छ, दिगोपना हुन्छ, अरुको सेवामा केही दिन खर्च गरें भनेर आफ्नो मन प्रफुल्ल भयो भने त्यो नै धर्म हो, कट्टेलले भने ।”
जीवन दर्शन सँग जोडिएको बिषय भएको भन्दै, आधुनिक औषधिले रोग दवाएर उपचार हुन्छ तर आयुर्वेदले रोग बाहिर निकालेर उपचार हुने गर्दछ । मानिसको शरिर बिभिन्न तत्वहरु मिलेर बनेको हुन्छ । यो शरिर भित्र यती धेरै शक्ति हुन्छ जुन शक्तिले कतिपय रोगहरु लाग्न दिदैन्, आन्तरिक शक्ति उत्पन्न गराउने महत्वपूर्ण विधि योग र साधना भएकोले यो सँगै आयुर्वेद औषधिले पनि मानिस भित्रको पंचतत्वको क्षमता विकास गरेर रोग निको पार्ने काममा मद्दत गर्दछ । वडा नं. ३ का आयुर्वेदका एकजना कर्मचारीले चाहेपछि जनताले सेवा सहज पाउन सजिलो भएको प्रसंग उठाउँदै सवैले आ–आफ्नो काममा इमान्दार भएर लागे मुलुकको समृद्धि धेरै टाढा नभएको र सवै नागरिकहरुले सहज सेवा पाउने प्रजिअ कट्टेलले बताएका छन् ।
योग दिवसको अवसरमा राष्ट्रिय योग दिवस मुल समाहरोह समितिले दैलेखमा ¥याली सहित कार्यक्रम सम्पन्न गरेको छ । शरस्वती बृद्धाश्रममा बृहत कार्यक्रम सँगै योग साधना पश्चात शरस्वती मन्दिरबाट निकालिएको ¥याली नारायण नगरपालिका वडा नं. ३ को बेलासपुर आयुर्वेद औषधालयमा पुगेर बृहत कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार